मेलम्ची खानेपानी आयोजनालाई ५० करोड थपियो

मेलम्ची खानेपानी आयोजनालाई ५० करोड थपियो

काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ थप बजेट छुट्याएको छ। 

अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड विनियोजन गरिएका बताए। 

यस्तै, उनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने र काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छ्याउने जानकारी दिए।

सरकारले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पु¥याइने घोषणा गरेको छ।  

जेठ १५, २०८१ मंगलबार १७:३९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।