स्टिल मिल्क क्यानको भन्सार १४ प्रतिशतले घट्यो

स्टिल मिल्क क्यानको भन्सार १४ प्रतिशतले घट्यो

काठमाडौं : सरकारले स्टिल मिल्क क्यानमा लाग्दै आएको भन्सार १४ प्रतिशतले घटाएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

तर यो छुट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले मात्र पाउने छन्।

उनीहरुले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाएर सरकारले १ प्रतिशतमा झारेको छ।

जेठ १५, २०८१ मंगलबार १७:३२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।