सरकारले हरेक वडामा एक आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने

सरकारले हरेक वडामा एक आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने

काठमाडौं : सरकारले हरेक वडामा एक आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न लागेको घोषणा गरे।

त्यसैगरी निर्माण सम्पन्न भएका पाँच, दश र १५ शय्याका आधारभूत अस्पतालको विधि तय गरी सञ्चालन गरिने उनको भनाइ छ।

निर्माणाधीन अस्पतालको निर्माण कार्य सम्पन्न गर्न सरकारले १५ अर्ब ४१ करोड विनियोजन गरेको छ।

जेठ १५, २०८१ मंगलबार १७:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।