बजेट : बा र आमाको चिन्ता, सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने घोषणा गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमा ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहित कार्यक्रम संचालन गरिने घोषणा गरिएको छ।
अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने, सार्वजनिक सेवा अपांगतामैत्री बनाउने, स्वास्थ्य बीमाको दायरा बढाउने लगायतका कार्यक्रमलाई निरन्तरता घोषणा गरेका छन्।
सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ। सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ।
जेठ १५, २०८१ मंगलबार १७:१५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।