नयाँ बजेटमा टिआरसी चर्चा, बजेट विनियोजन कति ?

नयाँ बजेटमा टिआरसी चर्चा, बजेट विनियोजन कति ?

काठमाडौं : सरकारले अगामी आर्थिक वर्षमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी बाँकी काम सम्पन्न गर्ने घोषणा गरेको छ। 

मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनःस्थापनाका लागि शान्ति कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरेका हुन्। 

अर्थमन्त्री पुनले  सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न समयमा भएका घाइते र अपांगता भएकालाई प्रदान गर्दै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिएको बताए। 

कानूनी राज्यको प्रत्याभूति गरि मानव अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिइने पुनले बताए।

जेठ १५, २०८१ मंगलबार १७:०८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।