आलुप्याजको कर हट्यो, मदिरा र सूर्तिजन्य पदार्थमा बढ्यो
काठमाडौं : सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेका हुन्।
यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास अर्थमन्त्रीको विश्वास छ।
यसका साथै सरकारले मदिरा, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क करको दरमा भने वृद्धि गरेको छ।
जेठ १५, २०८१ मंगलबार १७:०७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।