मदनभण्डारी र योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालन गरिने

मदनभण्डारी र योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालन गरिने

काठमाडौं : सरकारले मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र विदुषी योगमाया आयुर्वेदिक लगायतका विश्वविद्यालय सञ्चालन गर्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

यस्तै उनले धनगढीमा अवस्थित शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनमा ल्याइने बताए।

सरकारले पोखरा, बर्दीबास, वुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडी बढाउने योजना समेत अघि सारेको छ।

उदयपुर, मोरङ, पर्सा र चितवनमा मेडिकल कलेजको स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए।

जेठ १५, २०८१ मंगलबार १७:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।