दुर्गम क्षेत्रमा बैंकिङ्ग डिजिटाइजेसन व्यवस्थापन गरिने
काठमाडौँ : सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ मा वित्तीय क्षेत्रको विकासको लागि बझाङको साइपाल गाउँपालिकामा बैँक शाखा खोल्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणको क्रममा अर्थमन्त्री पुनले दुर्गम क्षेत्रमा बैंकिङ्ग क्षेत्रको विकासको लागि घुम्ती, मोबाइल बैंकिङ्ग, डिजिटल बैंकिङ्गको व्यवस्था गरिने घोषणा गरेका हुन्।
साथै, सहुलियतपूर्ण कर्जाको लागि ११ अर्ब विनियोजन गरिएको छ भने नेपाल राष्ट्र बैँक, धितोपत्र बोर्डको र नेपाल वीमा प्राधिकरणको संस्थागत सुधारको गरिने भएको छ।
निम्न आय भएका समुदायलाई लघु वीमाको घोषणा गरिएको छ। पूँजी बजार सुधारको लागि धितोपत्र बोर्डको संस्थागत सुधार गरिने अर्थमन्त्री पुनले बताए।
जेठ १५, २०८१ मंगलबार १७:०१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।