पढेका तर बेरोजगार युवाका लागि ३ अर्ब विनियोजन
काठमाडौं : सरकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा युवा परिचालन अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्वविद्यालयमा अध्ययन गरेका तर बेरोजगार युवाको लागि नीजि क्षेत्रको सहकार्य गरी कृषि, फर्म, होटेल, उद्योग, निर्माण क्षेत्रमा कार्यस्थल तालिम दिएर १ लाख युवालाई स्वरोजगार बनाइने सरकारको तयारी छ।
बेरोजगार युवालाई स्वरोजगार बनाउन सरकारले ३ अर्ब विनियोजन गरेको छ।
जेठ १५, २०८१ मंगलबार १६:४९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।