बजेट नीति : ग्रामीण भेगका सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार

बजेट नीति : ग्रामीण भेगका सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार

काठमाडौं : सरकारले ग्रामीण भेगमा सुत्केरी हुन नसकेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने नीतिलाई निरन्तरता दिएको छ। 

मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ग्रामीण तथा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका सुत्केरीको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइने जानकारी दिए। 

उनले राष्ट्रपति महिला शशक्तिकरण कार्यक्रमको पुन: संरचना गरि आर्थिक शशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गरिने बताए। 

उनले भने, ‘राष्ट्रपति महिला उद्यमी समुनती पुरस्कारका लागि आवश्यक पुरस्कारका लागिसमेत बजेट विनियोजन गरिएको छ।’ 

जेठ १५, २०८१ मंगलबार १६:४५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।