खेलकुद क्षेत्रको विकासको लागि १ अर्ब ३० करोड विनियोजन, क्रिकेट पूर्वाधार प्राथमिकतामा
काठमाडौं : सरकारले खेलकुद क्षेत्रको विकास तथा प्रोत्साहनको घोषणा गरेको छ।
२०८१/०८२ को बजेट प्रस्तृत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरी नेपालको मौलिक खेलकुद बागचाल, गोडचडी, डण्डीवियो तथा आधुनिक खेलकुदको रुपमा रहेको इ स्पोर्टसलाई प्रवर्धन गरिने बताए।
त्यस्तै, सरकारले १०औं राष्ट्रिय खेलकुदको लागि ६० करोडको बजेट विनियोजन गरेको छ।
मुलपानीमा रहेको क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशाला राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने घोषणा गरेको सरकारले भरतपुरमा रहेको रंगशालाको निर्माणमा तीनै तहबाट निर्माण गरिनुका साथै, त्रिवि क्रिकेट मैदान स्तरोन्तति र फापला क्रिकेट रंगशालाको निर्मालाई तीव्रताका साथ अघि बढाउने घोषणा गरेको छ।
सरकारले खेलकुद क्षेत्रको विकासको लागि १ अर्ब ३० करोड विनियोजन गरेको छ।
जेठ १५, २०८१ मंगलबार १६:३७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।