स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन

स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। 

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आव २०८१/०८२ को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको घोषणा गरे।

त्यसैगरी स्वास्थ्य वीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड विनियोजन भएको छ भने वैकल्पिक उपचारका पद्यतीका लागि २४ करोड विनियोजन भएको छ। 

जेठ १५, २०८१ मंगलबार १६:३५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।