ऊर्जा क्षेत्रको विकासमा ५० अर्ब ७४ करोड बजेट
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ऊर्जा क्षेत्रको विकासमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ।
विभिन्न आयोजनाका लागि भन्दै सरकारले उक्त रकम विनियोजन गरेको अर्थमन्त्रफ वर्षमान पुनले जानकारी दिए।
नौ सय मेगावट विद्युत थप क्षमता वृद्धि गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय पुर्याउने सरकारको योजना छ।
सरकारले बंगलादेशमा विद्युत आपूर्ति गर्ने लक्ष्य लिएको छ भने विद्युत उत्पादनमा नीजि क्षेत्रलाई थप प्रोत्साहित गर्ने नीति लिएको छ।
१२ सय मेगावटको बुढी गण्डकी, ६ सय मेगावटको दुधकोशी र ४ सय १७ मेगावटको नरसिंह जलासय क्षेत्रको जलविद्यूत आयोजना र २८० क्षमताको नौमुरे जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिने सरकारको लक्ष्य छ।
वैदेशिक रोजगारीमा भएको व्यक्तिको लगानीमा ७७.५ मेगावटको घुनसा, ७०.३ मेगावटको निर्माण कार्य अगाडि बढाइने लक्ष्य लिएको सरकारले जनताको जलविद्युत कार्यक्रम अनुसार १ हजार ६३ मेगावटको माथिल्लो अरुण, १०६ मेगावटको जगदूल्ला १ सय मेगावटको तामाकोशी, ४२ मेगावटको मोदी ए र २१० मेगावटको सेती जलविद्युत आयोजना निर्माण गरिने सरकारको दाबी छ।
त्यसैगरी सुनकोशी तेस्रो जलविद्युत आयोजनाको बढाइने योजना लिएको सरकारले १० हजार ८ सय मेगावाटको कर्णाली आयोजनाको डिजाइन कार्य सुरु गर्ने जनाएको छ।
१ सय मेगावटको सौर्य विद्युत जडान गरिने, हरित हाइट्रोजनको लागि बजेट छुट्टाइने योजना बनाएको सरकारले हेटौंडा डल्केबर, खिम्ती बाह्रबिसे ४ सय केभीए प्रशारण लाईन सम्पन गर्ने लक्ष्य राखेको छ।
कर्णाली करिडोर केबी ४ सय प्रशारण लाइनलाई तीब्रता दिइने अर्थमन्त्री पुनले बताए। हेटौंडा-रातमाटो, लक्षीफेरी दमौली न्यू बुटवल, लमही जुडोधारा र भेरी करिडोरको प्रशारण लाइनलाई लगानी गरिने सेती-दुधकोशी-अरुण करिडोर ४ सय केबी र बुढी गण्डकी करिडोर निर्माण प्रकृया अगाडी बढाइने सरकारको योजना छ।
त्यसैगरी न्यू बुटवल देखि गोरखपुर अन्तरदेशीय प्रशारण लाइन सम्पन्न गरिने, इनरुवा-कुर्निया जुडोधारा बडेली ४ सय केबी र रसुवा केरुङ्ग प्रशारण लाइन अगाडि बढाइने मन्त्री पुनले बताए।
विद्युत योजनाको प्रभावित बासिन्दालाई सेयरको व्यवस्था गरिने सरकारको योजना छ।
जेठ १५, २०८१ मंगलबार १६:२४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।