सरकारी कार्यालयमा विदेश गलैँचा प्रयोगमा रोक

सरकारी कार्यालयमा विदेश गलैँचा प्रयोगमा रोक

काठमाडौं : सकारले सरकारी कार्यालयहरूमा विदेशी गलैँचा प्रयोगमा रोक लगाउने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा विदेशी गलैँचा प्रयोगमा रोक लगाउने बताएका हुन्।

स्वदेशी गलैँचा उद्योगलाई सहयोग र स्वदेशी उत्पादनमा जोड दिन यस्तो गरिएको उनले बताए।

हाल सरकारी कार्यालयहरूमा प्राय विदेशी गलैँचा प्रयोग हुँदै आइरहेको छ।

जेठ १५, २०८१ मंगलबार १६:१३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।