सहकारी सञ्चालक र परिवारको सम्पत्तिबाट पाँच लाखसम्मको बचतकर्ताको रकम फिर्ता गर्ने
काठमाडौँ : सरकारले सहकारी सञ्चालकसँगै एकाघरका सदस्यको सम्पत्तिबाट पाँच लाखसम्म बचत रहेका बचतकर्ताहरूको रकम फिर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८१-२०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।
उनले सहकारीको नियमन गर्न नियमनकारी निकाय गठन गरिने समेत घोषणा गरे। ‘सञ्चालक र एकाघरका सदस्यहरूको सम्पत्तिबाट पाँच लाखसम्म बचत रहेका बचतकर्ताको रकम फिर्ता गर्नेछौँ’ उनले संसद्मा भने।
जेठ १५, २०८१ मंगलबार १६:०६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।