लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता, बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण थालिने

लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता, बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण थालिने

काठमाडौं : सरकारले लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिने भएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गरिने बताउँदै उनले सञ्चारकर्मीलाई तालिमको अवसर प्रदान गरिने बताए।

लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चार ग्राम स्थापना गर्ने सरकारको तयारी छ।

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित बनाइने घोषणा गरेका अर्थमन्त्री पुनले सरकारले डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापन नियमन गरिने बताए।

विज्ञापन क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिने र हुलाक सेवालाई पुनर्संरचना गरिनेसम्मका विषय बजेटमा समेटिएको छ।

काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण कार्य सुरू गरिने र दोलखा चलचित्र नगरीलाई सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अघि बढाइने छ।

सञ्चार मन्त्रालयको लागि सात अर्ब ३५ करोडको बजेट विनियोजन गरिएको छ।

जेठ १५, २०८१ मंगलबार १६:०५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।