कृष्णसेन इच्छुक प्रतिष्ठानसहित सञ्चारका लागि सात अर्ब ३५ करोडको बजेट

कृष्णसेन इच्छुक प्रतिष्ठानसहित सञ्चारका लागि सात अर्ब ३५ करोडको बजेट

काठमाडौँ : सरकारले बजेटमा कृष्णसेन इच्छुक प्रतिष्ठानसहितको कामका लागि सात अर्ब ३५ करोड विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले संसद्मा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मिडियालाई मर्यादित र विश्वसनीय बनाउन सरकारले काम गर्ने बताए।

सार्वजनिक भएको बजेटमा सामाजिक सञ्जाल नियमन गरिने, विज्ञापन वितरणलाई एकद्वार प्रणालीबाट वितरण गरिने, सञ्चारमाध्यमलाई दिँदै आएको लोकतान्त्रिक विज्ञापन निरन्तर गरिने पत्रकारहरूका लागि सिपमूलक तालिमका लागि सात अर्ब ३५ करोड विनियोजन गरेको उनले जानकारी दिए।

जेठ १५, २०८१ मंगलबार १५:५९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।