सात प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्र बनाइने
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रका सहकार्यमा प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताए।
आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणको क्रममा अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
उनले कोशीलाई उद्योग, मधेसलाई कृषि, वागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्योग, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने बताए।
जेठ १५, २०८१ मंगलबार १५:५६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।