आगामी वर्ष १६ लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य

आगामी वर्ष १६ लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम संचालन गर्ने भएको छ। 

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले पर्यटन प्रवर्द्धनको लागि पर्यटकीय  गन्तव्यको प्रोफाइल तय गर्ने घोषणा गरेका हुन्।

त्यस्तै, जनकपुरधामलाई विलिङ्ग हब र लुम्बिनीलाई बर्थिंग हबको रुपमा प्रबर्द्धन गर्ने पुनले बताए। 

पर्यटनको लागि भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गर्न ३६ करोड विनियोजन गरिएको छ।  

जेठ १५, २०८१ मंगलबार १५:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।