जनकपुरलाई ‘वेडिङ’ र लुम्बिनीलाई ‘बर्थिङ’ हबको रुपमा प्रवर्द्धन गरिने

जनकपुरलाई ‘वेडिङ’ र लुम्बिनीलाई ‘बर्थिङ’ हबको रुपमा प्रवर्द्धन गरिने

काठमाडौं : सरकारले नेपाललाई वेडिङ हब र बर्थिङ हब बनाउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक र तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यका रुपमा विकास गरिनेछ।

रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्द्धन गर्ने सरकारको लक्ष्य छ।

जेठ १५, २०८१ मंगलबार १५:५०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।