सुधार सुझाव आयोग र कृषिमा लगानी दशक घोषणा

सुधार सुझाव आयोग र कृषिमा लगानी दशक घोषणा

काठमाडौं : सरकारले आर्थिक वर्षमा सुधार सुझाव आयोग गठन गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले सार्वजनिक वित्त प्रणालीमा सुधार गरिने र सार्वजनिक उत्तरदायित्व तथा द्वन्द्वसम्बन्धी कानुन निर्माण गरिने प्रतिबद्धता समेत बताएका छन्।

त्यसैगरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ। जसमा सामूहिक खेती प्रवर्द्धन गर्न सरकारी जमिन लिजमा उपलब्ध गराइने बजेटमा उल्लेख छ।

जेठ १५, २०८१ मंगलबार १५:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।