प्रदेश र स्थानीय तहले कतिकति पाउनेछन् संघीय अनुदान ?

प्रदेश र स्थानीय तहले कतिकति पाउनेछन् संघीय अनुदान ?

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको लागि वित्तीय समानीकरण अनुदान ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब विनियोजन गरेको छ। 

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

त्यस्तै, प्रदेशका लागि शसर्त अनुदान २५ अर्ब ८४ करोड र स्थानीय तहको लागि २ खर्ब ३४ अर्ब ७३ करोड हस्तान्तरणको लागि विनियोजन गरेको अर्थमन्त्रीले पुनले बताए। 

प्रदेश र स्थानीय तहलाई पूर्वाधारको आयोजना कार्यान्वयन गर्न समपुरक अनुदान क्रमशः ६ अर्ब २० करोड र ७ अर्ब विनियोजन भएको छ। विशेष अनुदान प्रदेशको लागि ४ अर्ब र स्थानीय तहको लागि ८ अर्ब ५० करोड विनियोजन गरेको पुनले बताए।  

उनले यी अनुदानहरू कार्यसम्पादनको आधारमा हस्तान्तरण गर्ने बताए। 

जेठ १५, २०८१ मंगलबार १५:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।