३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने सरकारको प्रक्षेपण, यी हुन् बजेटका पाँच प्राथमिकता
काठमाडौं : सरकारले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
उनले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्बको राजस्व संकलन हुने अनुमान गरेका छन्।
बजेटका पाँच प्राथमिकता तय गरेका छन्। ती यसप्रकार रहेका छन्।
१.आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन
२. कृृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण
३. शिक्षा स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास
४. समावेशिता र सामाजिक सुरक्षा र
५. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार
जेठ १५, २०८१ मंगलबार १५:२९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।