आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्षको घोषणा

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्षको घोषणा

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्षको घोषणा गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

लगानी मैत्री वातावरण निर्माण गर्नका लागि सरकारले काम गरिरहेको उनले बताए।

९८ प्रतिशत जनताले विद्युत सेवा पुगेको उनले बताए।

गणतन्त्र स्थापनापछि बजेटको वितरण समान भएको अर्थमन्त्रीको दाबी छ।

जेठ १५, २०८१ मंगलबार १५:१९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।