ब्रिफकेसको साटो नेपाली ढाकाको झोलामा बजेट

ब्रिफकेसको साटो नेपाली ढाकाको झोलामा बजेट

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएसँगै संसद्मा सार्वजनिक गर्न अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ।

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका थिए। यस अगाडि ब्रिफकेसमा बजेट हस्तान्तरण हुने गरेकोमा यस पटक भने बजेटका लागि नेपाली ढाकाको झोलाको प्रयोग गरिएको छ।

जेठ १५, २०८१ मंगलबार १४:५९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।