भारतको मिजोरममा पहिरोमा पुरिएर १५ जनाको मृत्यु

भारतको मिजोरममा पहिरोमा पुरिएर १५ जनाको मृत्यु

एजेन्सी : भारतको मिजोरम राज्यको राजधानी आइजोलमा पहिरोमा पुरिएर १५ जनाको ज्यान गएको छ।

दुर्घटनामा धेरै मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।

मुख्यमन्त्री लालदुहोमालाई उद्धृत गर्दै अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले बिहान ११ बजेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको बताएको छ।

मिजोरमका मुख्यमन्त्री लालदुहोमाले चक्रवात रेमालबाट प्रभावितलाई राहत उपलब्ध गराउन कूल १५ करोड रुपैयाँ विनियोजन गरेका छन्।

मुख्यमन्त्रीका अनुसार पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने छ।

चक्रवाती आँधी रेमालका कारण मिजोरममा भारी वर्षा भइरहेको छ भने बिजुलीका पोल र रूखहरू पनि उखेलिएका छन्।

जेठ १५, २०८१ मंगलबार १४:२०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।