एक बजे भनिएको बजेट भाषण तीन बजेका लागि सर्‍यो

एक बजे भनिएको बजेट भाषण तीन बजेका लागि सर्‍यो

काठमाडौं : बजेट भाषण हुने संघीय संसदको संयुक्त बैठक तीन बजेसम्मका लागि सरेको छ।

यसअघि एक बजे बस्ने गरि तय भएको बैठक संघीय संसद् बैठकले सूचना टाँसेर दुई घण्टा सरेको जानकारी गराएको हो।

‘२०८१ साल जेठ १५ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको संघीय संसदको दुवै सदनको संयुक्त बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०५० को नियम ३ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका सम्माननीय अध्यक्षसँग परामर्श गरी सम्माननीय सभामुखले बैठक आजै दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दुई घण्टा पछि सरेपछि प्रधानमन्त्रीको आग्रहमा बैठक दुई घण्टा पछि सारिएको हो।

जेठ १५, २०८१ मंगलबार १२:३८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।