महिला ट्राफिक प्रहरीलाई महिनावारीका चार दिन सडक नखटाइने गृहमन्त्रीको घोषणा

महिला ट्राफिक प्रहरीलाई महिनावारीका चार दिन सडक नखटाइने गृहमन्त्रीको घोषणा

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको सुविधाको घोषणा गरेका छन्।

सामाजिक सञ्चालमा स्टाटस लेख्दै उनले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटी नखटाउने घोषणा गरेका हुन्।

उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेको भनाइ छ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सहित सानो प्रयास गरेको उनको भनाइ छ।

जेठ १५, २०८१ मंगलबार ११:३१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।