आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठक, अर्थमन्त्रीले बजेट पेश गर्ने

आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठक, अर्थमन्त्रीले बजेट पेश गर्ने

काठमाडौं : आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दैछ।

दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट (वार्षिक राजश्व र व्ययको अनुमान) पेश गर्ने कार्यसूची छ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन्।

सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमतिनजिक पुगेकाले आजको बैठक सहज बातावरणमा सञ्चालन हुने कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए।

‘सत्ता पक्ष र विपक्षका दलहरूको बैठक सहमतिउन्मुख छ। आज ११ बजे कार्यदलको बैठक बसेर त्यसलाई टुंगोमा पुर्याउँछौँ,’ उनले भने, ‘सरकारले बजेट ल्याउँछ। संसद् सहज बातावरणमा चल्छ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा दलहरू करिब-करिब सहमतिउन्मुख देखिएका थिए। आज बस्ने कार्यदलले त्यसलाई निष्कर्षमा पुर्याउने जनाइएको छ।

जेठ १५, २०८१ मंगलबार १०:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।