रविको नाम समावेश नगरी टीओआर टुङ्गयाउन कार्यदलको बैठक बस्दै

रविको नाम समावेश नगरी टीओआर टुङ्गयाउन कार्यदलको बैठक बस्दै

काठमाडौं : सहकारी संस्थाको रकम अपचलन गरेको विषयमा अनुसन्धान गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक मंगलबार बस्दैछ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित कानुन मन्त्रालयमा बस्ने कार्यदलका संयोजक एवं कानूनमन्त्री पदम गिरीले जानकारी दिए।

उनका अनुसार समितिको कार्यादेशबारे दलहरूबीच लगभग समझदारी भइसकेको छ। मंगलबार बस्ने कार्यदलको बैठकले त्यसलाई अन्तिम रूप दिएपछि समिति गठन हुनेछ।

सोमबार बेलुकी अवेरसम्म बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेको थियो।

समितिमा एमाले र कांग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक-एक जना रहने समझदारी छ। 

समितिले सूर्यदर्शन, सुप्रीमलगायत सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा पनि छानबिन गर्नेछ।

तर समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नलेख्ने सहमति भएको छ। समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिने समझदारी छ।

जेठ १५, २०८१ मंगलबार ०८:५७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।