कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद बैठकबारे निर्णय लिने

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद बैठकबारे निर्णय लिने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो।

तर, छानबिनका लागि संसदीय समिति र त्यसको कार्यादेशबारे दलहरूबीच करिब सहमति भइसकेको सन्दर्भमा कांग्रेसको संसदीय दल बैठकमा आजको संसद बैठक सञ्चालन गर्न दिने वा नदिने भन्नेबारे निर्णय हुनेछ।

यसका साथै पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीति पनि तय गर्ने प्रमुख सचेतक लेखकले बताए।

जेठ १५, २०८१ मंगलबार ०८:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।