ढल्यो गण्डकी सरकार, कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश

ढल्यो गण्डकी सरकार, कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश

काठमाडौं : खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सरकार ढलेको छ। सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको हो।

सोमबार सर्वोच्चले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार पाण्डेको मागबमोजिम हुनेगरी फैसला गरेको हो।

केन्द्रमा सत्ता गठबन्धन फेरिए सँगै एमालेबाट मुख्यमन्त्री बनेका अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० जनाको मत पाएका थिए। उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेपछि कांग्रेसका पाण्डे सर्वोच्च पुगेका थिए। पाण्डेको मागबमोजिमको रिट जारी भएको हो।

जेठ १४, २०८१ सोमबार १९:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।