एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा आफ्नै भवनमा
काठमाडौँ : एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा कार्यालय वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ। यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको बैंकले जनाएको छ।
बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ।
त्यस्तै, उक्त नवनिर्मित भवनमा ग्राहकहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्याश डिपोजिट मेसिन, क्याश रिसाइकल मेसिन जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको जनाइएको छ।
यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।
जेठ १४, २०८१ सोमबार १८:५२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।