सहमति नजुटी उठ्यो शीर्ष नेताको बैठक : कांग्रेसले पार्टीमा पुन: छलफल गर्ने, लिखित माफी नमागे प्रतिवाद गर्ने एमालेको चेतावनी

सहमति नजुटी उठ्यो शीर्ष नेताको बैठक : कांग्रेसले पार्टीमा पुन: छलफल गर्ने, लिखित माफी नमागे प्रतिवाद गर्ने एमालेको चेतावनी

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा विहान बसेको बैठकमा सहमति जुटेन।

सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलमा कुरा नमिलेपछि कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने बताएको छ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘टीओआरको विषयमा कुरा मिलेको छैन। थप छलफलका लागि हामीले १ बजे बस्दैछौं। त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ।’

उनले प्रधानमन्त्रीले समस्या समाधान गर्नको लागि पहल गरिरहेको भए पनि सत्तारुढ अन्य दलले भने यो समस्यालाई अल्झाइराख्न खोजेको आरोप लगाए।

यस्तै, एमालेले भने नेपाली कांग्रेसले एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन लाञ्छना लगाएको भन्दै लिखित माफी माग्नुपर्ने अडान राखेको छ।

शीर्ष नेताहरूको बैठकबाट बाहिर निस्कँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेस सहमतिको पक्षमा नभएको आरोप लगाए।

कांग्रेसले एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेर राष्ट्रिय राजनीति बिथोल्न लागेको उनको भनाइ छ।

कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रले उनको चेतावनी छ।

जेठ १४, २०८१ सोमबार १२:१४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।