एसियाली तेक्वान्दो प्रतियोगिता : २५ स्वर्णसहित नेपाललाई च्याम्पियन टिमको उपाधि

एसियाली तेक्वान्दो प्रतियोगिता : २५ स्वर्णसहित नेपाललाई च्याम्पियन टिमको उपाधि

काठमाडौं : प्रथम सिएच आईटीएफ एसियाली तेक्वान्दो प्रतियोगिताको आइतबार समापन भएको छ।

ललितपुरको कराँते हलमा तीनदिनसम्म जारी प्रतियोगितामा ८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरुले सहभागी जनाएका थिए।

समापन कार्यक्रममा बागमती प्रदेशका पुर्व मन्त्री एवम् एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले सम्बोधन गरेका थिए।

८५ स्वर्ण ८५ कास्य र ११६ स्वर्ण पदक रहेको खेलमा २५ स्वर्णसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ। यस्तै १२ स्वर्णसहित बंगलादेशले फस्ट रनर अफ भएको छ।

७ स्वर्ण सहित मलेसियाले सेकेन्ड रनर अफको उपाधि हात पारेको छ। प्रतिस्पर्धा इन्डिभिजुल स्पाईरिङ, इन्डिभिजुल प्याट्रन र ग्रुप प्याट्रन गरी ३ विधामा भएको हो।

उत्कृष्ट पुरुष खेलाडी तर्फ नेपाल कै राजेश विक र महिला तर्फ उत्कृष्ट खेलाडी नुवि मान्धर हुन सफल भएका छन्। उत्कृष्ट अनुशासित समूहको उपाधि भने बंगलादेश देशले हात पारेको छ।

कार्यक्रमका प्रमुख अतिथि मैनालीले खेल क्षेत्रको महत्व र आवश्यकता दर्साउँदै जस्तो सुकै अवस्थामा पनि खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जेठ १४, २०८१ सोमबार ०९:१२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।