चितवनमा चार गाडी ठोक्किँदा एक जनाको मृत्यु, २२ जना घाइते (नामावलीसहित)

चितवनमा चार गाडी ठोक्किँदा एक जनाको मृत्यु, २२ जना घाइते (नामावलीसहित)

चितवन : चितवनको भरतपुर महानगरपलिका-२९ को नारायणगढ-मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

गएराति भएको सो दुर्घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं को बस र वीरगंञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

घाइतेमध्ये एक युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको प्रहरीको भनाइ छ। घाइते मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटना पश्चात् सडक अबरुद्ध भएकोमा राती करिव २:३० बजे बाटो एक तर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको सूची:
१. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका-७) 
२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका-१०) 
३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका-२) 
४.सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका-७) 
५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका-८) 
६. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका-७) 
७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका-८) 
८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका-४) 
९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका-४) 
१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका-६) 
११. पदम थापा, ६० वर्ष (प्युठान) 
१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका-१०) 
१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका-४) 
१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका-८) 
१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका-१) 
१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका-८) 
१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका-३) 
१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका-३) 
१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका-८) 
२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका-८) 
२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक) 
२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ (ट्रक चालक)

जेठ १४, २०८१ सोमबार ०८:११:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।