विदेशी मुद्रा सञ्चिति ३ खर्ब २४ अर्बले बढ्यो, चालू खाता भने ७२ अर्ब ऋणात्मक
काठमाडौँ : गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ मा ३ खर्ब २४ अर्ब ५६ करोड विदेशी मुद्रा सञ्चिति बढेको छ।
गत आर्थिक बर्षको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड विदेशी मुद्रा संञ्चिति रहेकोमा चालू आर्थिक बर्षको असार मसान्तमा आइपुग्दा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ।
त्यस्तै, चालू खाता पनि ऋणात्मक छ। यो खाता चालू आर्थिक बर्षको असार मसान्तसम्ममा ७२ अर्ब १६ करोड ऋणात्मक रहेको हो। त्यसैगरी शोधानान्तर स्थिति (नेपाल भित्रिने र बाहिरिने रकमको अनुपात) २०७९/०८० मा २ खर्ब ९० अर्ब ५२ करोड बचतमा गएको छ।
व्यापार सन्तुलन, विदेशी मुद्रा संञ्चिति र शोधनान्तर स्थितिलाई सुधार गरी अर्थतन्त्रलाई दिगो र प्रभावकारी बनाउन महालेखाले सरकारलाई औल्याएको छ।
जेठ १३, २०८१ आइतबार २१:४७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।