५७६ रोपनी जग्गा अझै आएन नेपाल ट्रष्टको नाममा, ट्रष्टकै जग्गामा नीजि विद्यालय सञ्चालन

५७६ रोपनी जग्गा अझै आएन नेपाल ट्रष्टको नाममा, ट्रष्टकै जग्गामा नीजि विद्यालय सञ्चालन

काठमाडौँ : नेपाल ट्रष्टको नाममा रहेको ५७६ रोपनी २१ आना जग्गा व्यक्ति तथा नीजि विद्यालयले उपभोग गरिरहेको महालेखाको प्रतिवेदनले देखाएको छ। 

नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ११ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि ट्रष्टको स्वामित्वमा रहेको अचल सम्पत्ति कुनैपनि व्यक्ति विशेष वा संस्थापकको नाममा दर्ता गर्न नपाउने उल्लेख छ। तर, नेपाल सरकार मन्त्रिपरिषद्को २०६४ भदौँ २६ गते को निर्णयले काठमाडौँको मातातिर्थ, थानकोट, सतुङ्गल तथा इचङ्गुलमा रहेको १७२ रोपनी १५ आना जग्गा मोहीको नाममा नामसारी भएको नभएको महालेखाले औल्याएको हो।
 
त्यस्तै, बालाजु, स्वयम्भु, शेष नारायण, थानकोट लगायत ११ स्थानमा रहेको ४०४ रोपनी ६ आना जग्गामा हालसम्म पनि मोहीले खेती गरिरहेको र एक नीजि विद्यालय समेत सञ्चालनमा छ। 

महालेखाले गत आर्थिक बर्षको प्रतिवेदनमा पनि सरकारलाई उक्त जग्गा नेपाल ट्रष्टको नाममा ल्याउन महालेखाले औल्याएको थियो। 

जेठ १३, २०८१ आइतबार २१:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।