ओलीले घोषणा गरेको 'प्रधानमन्त्री रोजगार कार्यक्रम'को नाममा १८ अर्ब बढी स्वाहा !

ओलीले घोषणा गरेको 'प्रधानमन्त्री रोजगार कार्यक्रम'को नाममा १८ अर्ब बढी स्वाहा !

काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा ४ बर्षमा १८ अर्ब ७३ करोड ४ लाख खर्च भएको छ। 

तत्कालिन प्रधानमन्त्री ओलीले बेरोजगारीलाई रोजगारी दिने नाममा १०० दिने कार्यक्रम नै घोषणा गरेकोमा औसतमा ४८ दिन मात्रै रोजगार प्राप्त भएको महालेखाले सार्वजनिक गरेको प्रतिवदेनले देखाएको छ। 

देशभित्र रोजगारीको पर्याप्त अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको उच्चतम  उपयोग गर्दै आर्थिक विकासमा योजदान पुर्याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने उदेश्यले सञ्चालित उक्त कार्यक्रमले गति लिएन। 

त्यतिमात्र होइन, बेलाबेलामा उक्त कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ। कार्यक्रमको नाममा सरकारले बजेट विनियोजन गरिरहने तर उपलब्धि भने नदेखिने गरेको भन्दै आलोचना समेत हुँदै आएको छ। 

तत्कालिन प्रधानमन्त्री ओलीले 'सबैका लागि रोगजार, संवैधानिक अधिकार’ भन्ने नारासहित २०७५ फागुन १ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेका थिए। 

जेठ १३, २०८१ आइतबार २१:२६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।