१ बर्षमै २ खर्ब बढीले बढ्यो सार्वजनिक ऋण

१ बर्षमै २ खर्ब बढीले बढ्यो सार्वजनिक ऋण

काठमाडौँ : गत आर्थिक बर्षमा २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रहेको सार्वजनिक ऋण यो बर्ष बढेर २२ खर्ब ९९ अर्ब २४ करोड पुगेको छ। 

महालेखाका अनुसार चालू आर्थिक बर्ष २०८०/०८१ मा बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड र आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड ३७ लाख पुगेको छ। यहि शिर्षकमा गत आर्थिक बर्षमा १० खर्ब २५ अर्ब ८४ करोड ७१ लाख र आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड ९३ लाख थियो।

चालू आर्थिक बर्षमा आन्तरिक ऋणको ब्याज ६४ अर्ब ५१ करोड ७३ लाख र वैदेशिक ऋणको ब्याज ८ अर्ब २६ करोड २९ लाखसमेत गरी कुल ७२ अर्ब ७८ करोड २ लाख भुक्तानी भएको छ। जसमा कुल बाह्य ऋणमा ५०.८९ प्रतिशत र आन्तरिक ऋणमा ४९.११ प्रतिशत रहेको छ। 

बाह्य ऋण कुल गार्हस्थ उत्पादनसँगको अनुपात ४२.७३ प्रतिशत पुगेको छ। जसमा आर्थिक बर्ष २०७७/०७८ मा यो अनुपात ४०.७३ र २०७८/०७९ मा ४१.५० प्रतिशत थियो।  

जेठ १३, २०८१ आइतबार २०:३५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।