लक्ष्मी सन्राइज बैंकले गर्यो काठमाण्डौँको कपनमा सेवा विस्तार

लक्ष्मी सन्राइज बैंकले गर्यो काठमाण्डौँको कपनमा सेवा विस्तार

काठमाण्डौँ : लक्ष्मी सन्राइज बैंकले काठमाण्डौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। 

बुढानिलकण्ठ नगरपालिका - १० कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा नम्बर १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने बैंकले जनाएको छ। 

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ।

यस बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्राइज बैंकको शाखा रहेको औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ) बर्दिबास नगरपालिका–१ महोत्तरीबाट संयुक्त कारोबार सुरू गरेको जनाइएको छ।  

हाल यस बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्। 

जेठ १३, २०८१ आइतबार २०:००:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।