अदालतको अवहेलना मुद्दामा बुढानीलकण्ठका मेयरसहित ४ जनालाई जेल सजाय

अदालतको अवहेलना मुद्दामा बुढानीलकण्ठका मेयरसहित ४ जनालाई जेल सजाय
तस्बिर: मेयर मीठाराम अधिकारी

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहित ४ जनालाई जेल सजाय सुनाएको छ।   

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरूलाई एक/एक महिना कैद सजाय सुनाएको हो।

अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नम्बर १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो।

उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ।

‘यस अदालतको फैसला माथिल्लो अदालतबाट बदर नभएसम्म सो फैसला अक्षरशः कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसमा पनि नगरपालिकाजस्तो राज्य शक्तिको प्रयोग गर्ने नियकाले यो वा त्यो वहानामा अदालतको फैसलालाई अन्यथा हुने गरी काम व्यवहार गर्न मिल्दैन’, आदेशमा भनिएको छ। 

जेठ १३, २०८१ आइतबार १९:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।