बादशाह र हनी सिंहको झगडा अन्त्य !

बादशाह र हनी सिंहको झगडा अन्त्य !

एजेन्सी : भारतीय र्यापरद्वय बादशाह र हनी सिंहबीच लामो समयदेखि चल्दै आएको शत्रुवत सम्बन्धको अन्त्य भएको छ। बादशाहले आफ्नो तर्फबाट शत्रुवत सम्बन्धको अन्त्य भएको घोषणा गरेका छन्। 

देहरादुनमा भएको ‘ग्राफेस्ट २०२४’मा बादशाहले हनी सिंहसँगको आफ्नो झगडा अन्त्य भएको घोषणा गर्दै फ्यानलाई अचम्मित बनाएका हुन्। 
मे २४ मा भएको कन्सर्टमा बादशाहले आफ्नो प्रस्तुतिलाई बीचमा नै रोकेका थिए। त्यसपछि उनले हनी सिंहको बारेमा बोलेका थिए। 

‘मेरो जीवनको एक समय थियो, जब एक व्यक्तिविरुद्ध इश्र्या गर्थे र अब त्यसलाई पछाडि छोड्दैछु। र त्यो हनी सिंह हो। म कुनै गलत हल्लाका कारण खुशी थिइन। मलाई महसुस भयो कि जोड्नेवाला थोरै थिए र तोड्ने वाला धेरै। आज म सबैलाई भन्न चाहन्छु कि जिन्दगीको त्यो समयलाई मैले छोडिदिएको छु, मेरो शुभकामना ऊप्रति छ’, बादशाहले भनेका छन्।

बादशाह र हनीबीचको शत्रुता र झगडाको सुरुवात सन् २००९ मा भएको थियो। दुवैले माफिया मुुन्डिरबाट आफ्नो बाटो अलग गरेका थिए। यसपछि दुवै कलाकारबीच तनाव बढ्दै गएको थियो। कहिले सामाजिक सञ्जालमा त कहिले आफ्नो गीतको माध्यमबाट एकअर्कालाई निशाना साँधिरहेका थिए। तर, ती दुवै एकै समयमा एकै एउटै क्षेत्रबाट उदाएका कलाकार थिए। 

कन्सर्टमा बादशाहले हनीसँगको शत्रुतापूर्ण व्यवहारको अन्त्य भएको घोषणा गरेपछि उनका फ्यानहरुले ताली बजाएर खुशी व्यक्त गरेका थिए।

जेठ १३, २०८१ आइतबार १५:१८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।