बजेट भाषणसम्म संसदको अवरोध हटिसक्ने प्रधानमन्त्रीको विश्वास

बजेट भाषणसम्म संसदको अवरोध हटिसक्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसद्को अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको भन्दै टिओआर बनाउन सोमबार बिहानसम्म सहमति हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौँ। आज बिहान मात्र पनि कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको लागि प्रयास गरेको छु। बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने छ भन्ने विश्वास व्यक्त गर्दछु।’

आइतबार संसद् बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ। बैठकमा बजेट भाषण मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिइएको छ।

संसदीय छानबिन समितिको टिओआरका लागि कांग्रेस र सत्ता साझेदार दलबीच सहमतिको प्रयास जारी नै छ।

जेठ १३, २०८१ आइतबार १४:५५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।