ज्ञानेन्द्र शाही बोल्दा शान्त रहेको कांग्रेस अर्थमन्त्रीलाई समय दिएपछि राेष्टमतिर कुदे

ज्ञानेन्द्र शाही बोल्दा शान्त रहेको कांग्रेस अर्थमन्त्रीलाई समय दिएपछि राेष्टमतिर कुदे

काठमाडौं : प्रतिपक्षी सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री वर्षामान पुनले आव २०८०/८१ को आर्थिक सर्वेक्षण संसदमा पेश गरेका छन्।

आजको कार्यसूचीमा हेरफेर गर्दै सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई समय दिए।

बैठकको सुरुका प्रतिपक्षको तर्फबाट राप्रपाका ज्ञानेन्द्र शाहीले बोले। उनले गृहमन्त्रीविरुद्ध छानबिन गर्नैपर्नेमा जोड दिए।

ज्ञानेन्द्रले बोल्दा शान्त रहेका पतिपक्षी सांसद अर्थमन्त्रीलाई समय दिनासाथ रोष्टमतिर कुदे। अर्थमन्त्री माथि उक्लिने दाउ हेरिरहँदा दुई पक्षबीच सामान्य धकेलाधकेल भएको थियो। तर, अर्थमन्त्री अवरोध छल्दै रोष्टममा पुगे।

अर्थमन्त्री पुनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्भेक्षण पेश गरेका हुन्।

सर्भेक्षणमा उनले गत आर्थिक वर्षको पूरा अवधि र चालु आर्थिक वर्षको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन्।

उनले समग्र आर्थिक अवस्था सुधार भइरहेको दाबी गरेका छन्।

जेठ १३, २०८१ आइतबार १२:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।