र्‍यापर बादशाह र हनी सिंहको शत्रुवत सम्बन्ध अन्त्य !

र्‍यापर बादशाह र हनी सिंहको शत्रुवत सम्बन्ध अन्त्य !

काठमाडौँ : भारतीय र्यापरद्वय बादशाह र हनी सिंहबीच लामो समयदेखि चल्दै आएको शत्रुवत सम्बन्धको अन्त्य भएको छ। बादशाहले आफ्नो तर्फबाट शत्रुवत सम्बन्धको अन्त्य भएको घोषणा गरेका हुन्।

देहरादुनमा भएको ‘ग्राफेस्ट २०२४’मा बादशाहले हनी सिंहसँगको आफ्नो झगडा अन्त्य भएको घोषणा गरे। मे २४ मा भएको कन्सर्टमा बादशाहले आफ्नो प्रस्तुतिलाई बिचमा रोकेर हनी सिंहको बारेमा बोलेका थिए।

‘मेरो जीवनको एक समय थियो, जब एक व्यक्तिविरुद्ध इश्र्या गर्थे र अब त्यसलाई पछाडि छोड्दैछु। र त्यो हनी सिंह हो। म कुनै गलत हल्लाका कारण खुसी थिइन। मलाई महसुस भयो कि जोड्ने वाला थोरै थिए र तोड्ने वाला धेरै। आज म सबैलाई भन्न चाहन्छु कि जिन्दगीको त्यो समयलाई मैले छोडिदिएको छु, मेरो शुभकामना ऊप्रति छ’, बादशाहले भनेका छन्।

बादशाह र हनीबीचको शत्रुता र झगडाको सुरुवात सन् २००९ मा भएको थियो  दुवैले माफिया मुन्डिरबाट आफ्नो बाटो अलग गरेका थिए। यसपछि दुवै कलाकारबीच तनाव बढ्दै गएको थियो। कहिले सामाजिक सञ्जालमा त कहिले आफ्नो गीतको माध्यमबाट एक अर्कालाई निशाना साँधिरहेका थिए। तर, ती दुवै एकै समयमा एकै एउटै क्षेत्रबाट उदाएका कलाकार थिए।

कन्सर्टमा बादशाहले हनीसँगको शत्रुतापूर्ण व्यवहारको अन्त्य भएको घोषणा गरेपछि उनका फ्यानहरूले ताली बजाएर खुसी व्यक्त गरेका थिए।

जेठ १३, २०८१ आइतबार ११:०६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।