सहकारी कार्यादेश कार्यदलमा गृहमन्त्री रविको नाम नतोक्ने सहमति, अन्तिम जिम्मा शीर्ष नेतालाई

सहकारी कार्यादेश कार्यदलमा गृहमन्त्री रविको नाम नतोक्ने सहमति, अन्तिम जिम्मा शीर्ष नेतालाई

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने तर गोर्खा मिडिया प्रालीको नाम उल्लेख गर्नेगरि सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको कार्यादेश तोक्ने कार्यदलले सहमति जुटाएको छ।

शनिवार बसेको कार्यदलको बैठकमा सुप्रिम, सुर्यदर्शन लगायतका सहकारीसँगै ती सहकारीबाट रकम लग्ने प्रालीको नाम उल्लेख गर्नेगरी सहमति भएको हो। तर त्यसलाई अन्तिम रूप भने दलका शीर्ष नेताहरूको बैठकले दिने छन्।

कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जुन जुन सहकारीबाट रकम लगिएको छ वा अपचलन भएको छ, नियम विपरीत रकम गएको छ र जुन जुन कम्पनीले लिएको भनिएको, सार्वजनिक मिडियामा आएका र संसद्मा विषय उठेका कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको बताए।

तर कार्यादेशलाई अन्तिम रूप भने शीर्ष नेताको बैठकले दिने मन्त्री गिरीले जानकारी दिए।

जेठ १२, २०८१ शनिबार १९:५८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।