बाख्राले बाली खाएको विषयमा विवाद हुँदा बन्दुक प्रहार गरी हत्या, ६५ वर्षीय पुरुष पक्राउ

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा बन्दुक प्रहार गरी हत्या, ६५ वर्षीय पुरुष पक्राउ

काठमाडौं : भोजपुरमा ६३ वर्षीय पुरुषको हत्या आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–४ नागीका ६५ वर्षीय मणिप्रसाद राई रहेको प्रहरीले जनाएको छ। 

भरुवा बन्दुक प्रहार गरी सोही ठाउँका ६३ वर्षीय राजकुमार राईको हत्या गरेको आरोप उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा मणिप्रसादले बन्दुक प्रहार गर्दा घटनास्थलमै राजकुमारको मृत्यु भएको थियो। उक्त सूचनापछि खटिएको प्रहरी टोलीले बन्दुकसहित मणिप्रसादलाई पक्राउ गरेको थियो। 

प्रहरीले घटनाका बारेमा थापा अनुसन्धान गरिरहेको छ। 

जेठ १२, २०८१ शनिबार १९:३४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।