भैँसी चराउने क्रममा विवाद हुँदा २२ वर्षीय युवकको चक्कु प्रहारबाट एकजनाको ज्यान गयो

भैँसी चराउने क्रममा विवाद हुँदा २२ वर्षीय युवकको चक्कु प्रहारबाट एकजनाको ज्यान गयो

काठमाडौं : पर्सामा ५० वर्षीय पुरुषको हत्या आरोपमा एकजना पक्राउ छन्। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४, प्रसौनी टोलका २२ वर्षीय सुवास हजरा दुसाद छन्।

सोही टोलका ५० वर्षीय ललाई हजरा दुसादको हत्या गरेको आरोपमा उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

भैँसी चराउने क्रममा विवाद हुँदा सुवासले चक्कु प्रहार गरेपछि ललाई हजरा गम्भीर घाइते भएका थिए। घाइते भएका उनलाई उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। 

त्यसपछि सुवासलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  

जेठ १२, २०८१ शनिबार १८:३८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।