पोखराबाट मसाज सेन्टरमा काम लगाइएका ५ जना बालिकालाई उद्धार

पोखराबाट मसाज सेन्टरमा काम लगाइएका ५ जना बालिकालाई उद्धार

काठमाडौं : पोखराको लेकसाइड क्षेत्रका स्पा सेन्टरमा काममा लगाइएका ५ जना बालिकाको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूहले संयुक्त अनुगमन गरेको थियो। अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ लेकसाइडका तीनवटा स्पामा बालिकाकालाई काम लगाएको फेला परेकाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

उनका अनुसार नेक्टर इको स्पाबाट ३ जना, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट १/१ जना बालिकाको उद्धार गरिएको हो। बालिकाको उद्धार गरेर थप अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए ।

यसअघि जेठ २ गते अनुगमन टोलीले ६ जना बालिकाको उद्धार गरेको थियो।  

जेठ १२, २०८१ शनिबार १७:०३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।